‘कपाल’ कै पछी सुरक्षा…

फिल्म ‘आमा’ मा नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरिन् । उनको फिल्ममा गरेको अभिनय दमदार रहेको अनुभव, ट्रेलर हेरेर गर्न सकिन्छ ।

तर जुन दिन उनले कपाल काटिन्, त्यो दिनबाट आजको दिन सम्म चर्चा कपाल कै छ । उनी आफु पनि मिलाईमिलाई यहि बिषय उचाल्न ब्यस्त छिन् । र यो क्रम फिल्म प्रदर्शनको अन्तिम समय सम्म रहने अनुमान गर्न सकिन्छ । उनी आफु अभिनय गर्दा गर्दै कपाल काट्दा अर्ध चेत भएको भन्दै हिड्न समेत  थालेकी  छिन् ।

फिल्मको निर्देशन सफल फिल्म निर्देशक दिपेन्द्र के खनालले गर्दै छन् । तर उनी पनि छपक्कै छोपीए ।

फिल्मको मुख्य बिषय ‘स्वास्थ्य’ अनुभूत भएको अवस्थामा अन्तर्वार्तामा देखिएका पन्तका रियल देखिने अभिनयका कारण फिल्म नै ‘कपाल मुण्डन’ मा बनेको अनुभूत हुन थालेको छ ।

उनी कपाल काटेर फिल्ममा अभिनय गर्ने पहिलो कलाकार होइनन् । धेरै महिला कलाकारले आफ्नो कपाल गुमाएका छन्, फिल्म, नाटकका लागि ।

तर सुरक्षाको कपाल मोह अलिक बढी नै भएको पो हो कि ?