गायिका राउत ४ दिन थुनामा रहने

गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ४ दिन थुनामा राख्न अनुमति दिएको हो । महानगरीय प्रहरी कार्यालय टेकुको अनुरोधमा राउतलाई अभद्र व्यवहार सम्बन्धि कसुरमा अनुसन्धानका लागि म्याद थप गरेको हो । उनले सोमबार बिहान नै प्रहरी समक्ष माफी मागेकी छन् ।

मिडिया बिधेयक लागु गरी वाक स्वतन्त्रता माथि अंकुस लगाएको आरोप लाग्दै गरेको अवस्थामा प्रशासनको यो कदमलाइ राज्यको निरंकुसताको स्वरूप भनि चर्चा गर्न थालिएको छ।