आस्था राउत प्रहरी सम्पर्कमा
पछिल्लो समय विवादमा तानिएकी गायिका आस्था राउत नेपाल फर्किएकी छन् । भारतमा केहि दिनको कार्यक्रमका लागि जाने क्रममा भएको फेसबुक लाइभका कारण उनी विवादमा तानिएकी थिइन् । सो संगै उनी प्रहरीको खोझीमा रहेका मद्ये एक परेकी थिइन् ।
उनी नेपाल आएसंगै परिवारको साथ लागेर प्रहरी कार्यालय पुगेकी छन् । टेकु स्थिति महानगरीय प्रहरी कार्यालय पुगेकी उनी माथि एक महिला प्रहरी माथि अभद्र व्यवहार गरेको आरोप छ । परिवार समक्ष उनलाई आत्मसमर्पण गराएसंगै उनलाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लागिएको छ । जिल्ला प्रसासन कार्यालय काठमाण्डौमा उनलाई मिलापत्र गरि छोड्ने तयारी रहेको श्रोत ले बताएको छ ।मिलापत्रसंगै माघ ५गते जारी भएको अभद्र व्यवहार सम्बन्धि कसुर खारेज हुने छ र उनले सफाई पाउने छिन्।
प्रतिक्रिया