पूजा शर्मा ‘राइट पाथ’ को ब्राण्ड एम्बासडर

नायिका पूजा शर्मा एक कन्सल्टेन्सीको ब्राण्ड एम्बासडर बनेकी छन् । उनी राइट पाथ करियर काउन्सिलिङको ५वर्षको लागि ब्राण्ड एम्बासडर बनेकी हुन् ।

पछिल्लो समय फिल्ममा ब्यस्त रहेकी शर्माले पहिलो पटक कन्सल्टेन्सीमा आफुलाइ आबद्ध गरेकी हुन् । पूजा शर्मालाई आफ्नो राइट पाथ परिवारको सदस्य बनाउन पाउदा खुसि लागेको एमडी फिलिप डिसीले बताएका छन् ।

बिगत ३बर्ष देखि संचालनमा आएको यो संस्थाका ५साखा रहेका छन् । राइट पाथ मार्फत क्यानाडा र बेलायत अध्ययनको लागि सहायता लिन सकिन्छ ।