अमृता सँगको बिहेको बिषयमा बोले सैफ
सैफ अली खान यतिबेला आफ्नो आगामी फिल्म ‘जवानी जानेमन’ को प्रचार प्रसारमा व्यस्त छन् । यसै क्रममा उनले पूर्वपत्नी अमृता सिंह र सन्तानहरु सारा, इब्राहिम र तैमूर को बारेमा खुलेर कुरा गरेका छन् । उनले अमृता संगको बिहेको बारेमा भने – “त्यो मेरो सबै भन्दा ठुलो गल्ति थियो । कुनै कुरा हरु यस्ता थिए जुन सुधार हुन सक्दैन थियो । केहि समय मैले परिस्थिति शान्त बनाउने कोशिश गरे तर म त्यतिबेला भर्खर २० बर्षको मात्र थिएँ ।”
सैफ र अमृताले सन् १९९१ मा बिहे गरेका थिए । उनीहरुका दुइ सन्तान छन् – सारा अलि खान र इब्राहिम खान । पछि उनीहरुले सम्बन्ध बिच्छेद गरे । रिपोर्टको अनुसार अमृता, सैफको आमा र बहिनि संग अपशब्द प्रयोग गर्दै झगडा गर्थिन जुन कुरा सैफलाइ मन पर्दैन थियो । सन् २००८ मा फिल्म ‘टशन’ को शुटिंगको क्रममा सैफ र करिना कपुर नजिकिए र पछि उनीहरुले बिबाह गरे । उनीहरुको एक सन्तान भयो – तैमूर अली खान ।
प्रतिक्रिया