परमिताले खुलाइन चुप रहनुको कारण
केहि दिन अघि आफ्नो फेसबुक स्टाटस मार्फत परमिता आरएल राणाले बुढानिलकण्ठ घटनाको बेला आफु पनि ठक्कर दिने कारमै भएको स्वीकार गरेकी थिइन । घटना लगत्तै आफुले सबै कुरा भनेको भए आगोमा झन् पेट्रोल थप्ने काम हुन्थ्यो भन्ने सोचेर आफु मानसिक रुपले तयार भए पछी मात्र स्वीकारोक्ति दिएको उनले बताईन । परमिताले क्यानाडा नेपाल संगको अन्तर्वार्तामा उक्त कुरा राखेकी हुन् ।
गत २८ मंसिरमा पृथ्वी मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारले बुढानीलकण्ठ स्कुल नजिकै पैदल यात्री लिला देबकोटालाई ठक्कर दिदा देबकोटाको घटनास्थलमै निधन भएको थियो ।
प्रतिक्रिया