पीजीए अवार्डमा ‘१९१७’ उत्कृष्ट

३१ औ पीजीए (प्रोड्युसर्स गिल्ड अफ अमेरिका) अवार्डमा साम मेन्डिस निर्देशित फिल्म ‘१९१७’ उत्कृष्ट फिल्म घोषित भएको छ । त्यस्तै उत्कृष्ट एनीमेटेड फिल्म तर्फ ‘टोय स्टोरी ४’ र उत्कृष्ट डकुमेन्ट्री तर्फ ‘एपोलो ११’ ले अवार्ड जितेका छन् ।

अहिले सम्मको आँकडा अनुसार ओस्कार अवार्डको पुर्बनुमानमा पीजीए अवार्ड ७२ प्रतिशत सफल भएकोले यस पटक दोस्रो विश्व युद्धको कथा बोकेको ‘१९१७’ लाइ ओस्कारको मुख्य दाबेदार मानिएको छ । एउटै शटको आभास दिने गरि छायांकन गरिएको यस फिल्मलाइ रोजर डिकिन्सले खिचेका हुन् ।

‘१९१७’ को छायांकन स्थलमा निर्देशक साम मेन्डिस (दायाँ) र रोजर डिकिन्स (बायाँ)