‘अभिनय भन्दा पहिरनको बढी चर्चा गरिन्छ’ – स्वस्तिमा खड्का

अभिनेत्री स्वस्तिमा खड्काले मानिसहरु अभिनेत्रीहरुको अभिनय भन्दा पनि उनिहरुले लगाउने पहिरनको बारेमा बढी चर्चा गर्ने गरेको गुनासो गरेकी छिन । उनको अनुसार यस्ता कुराहरुले गर्दा अभिनेत्रीहरुले फिल्मको चरित्र निर्माणमा गरेको मिहिनेत ओझेलमा पर्ने बताइन । प्रज्ञा भवन कमलादीमा संचारकर्मी डिवी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ को विमोचन कार्यक्रममा उनले यस्तो विचार राखेकी हुन् । कार्यक्रममा अभिनेत्रीहरु रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी वर्देवाले आ-आफ्नो अनुभब तथा बिचारहरु ब्यक्त गरेका थिए ।

सोहि कार्यक्रममा अभिनेत्री रेखा थापाले चलचित्र क्षेत्रमा पुरुष कलाकारहरु पनि आर्थिक रुपमा शोषित भएको बताएकी छिन् । उनले भनिन्– ‘एउटा धनाढ्य परिवारको मानिसले आफ्नी छोरी लाई फिल्म क्षेत्रमा काम गर्न दिदैन तर उसैले फिल्ममा काम गर्ने महिलाहरुको नियतमाथि प्रश्न उठाउँछ ।’