तेस्रो मनास्लु राष्ट्रिय अवार्ड सम्पन्न

“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” तथा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगरहरुको राष्ट्रिय गीतको बिमोचन कार्यक्रम स्वास्थ्य शिक्षा तथा वातावरणको सभापति जय पुरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पौष २५ गतेका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई समेटिएर अवार्ड सम्पन भएको छ ।

सो कार्यक्रम मनास्लु मिडिया प्रा.लि.का सञ्चालक तथा अध्यक्ष मन बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार, कलाकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा बिभिन्न कलाकारहरुको सांगीतीक प्रस्तुती रहेको थियो । यस अवार्ड कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । अवार्ड तथा सम्मान पाउने ब्यक्तित्वहरुको जिवनी पनि प्रकाशित भएको कुरा अध्यक्ष मन बहादुर पुनले बताए । उक्त अवाडमा अवार्ड तथा सम्मान पाउने ब्यक्तीहरुको नामावली यस प्रकार छ ।
१, कष्ण थापा मगर : लाईफटाईम अचिभमेन्ट अवार्ड

२, सुरेश शाही : डेउडा किङ

३, वाङ्छु शेर्पा : हिमालयन गाईड

४, फरडिकी शेर्पा : साहसिक हिमाल आरोही

५, निमाडोमा शेर्पा : साहसिक हिमाल आरोही

६, सागर गुरुङ : प्रतिभावान गायक

७, भिमकला गुरुङ : प्रतिभावान गायिका

८, टिकादेबी गुरुङ : मौलिक गायिका

९, याम राना मगर : लाईभ दोहोरी गायक

१०, ज्ञानु राना : लोक प्रिय गायिका

११, मानसिंह खड्का : गायक, निर्देशक

१२, चिजा तामाङ : जन गायिका

१३, भुवन सागर मगर : प्रतिभावान गायक

१४, रेखा थापा : लोक पप गायिका

१५, हर्क बहादुर घर्ती मगर :  पहिचान गायक

१६, तमती पुन : अभिनेत्री

१७, चयन गुरुङ : गायिका

१८, हेमा राना : प्रतिभावान गायिका

१९, राम बहादुर पाण्डे : शिक्षासेवी

२०, प्रिया घर्ती मगर : मोडल

२१, दिपेश कुमार संकल्प : साहित्यकार

२२, राज कुमार पुन : भिडियो सम्पादक

२३, राम बिष्ट : खेलाडी

२४, गंगा राई : उदयमान गायिका मोडल

२५, रितु घर्ती मगर : उदयमान गायिका

२६, कुमारी चेपाङ : गायिका

२७, पबित्रा घर्ती : नव गायिका मोडल

२८, झरना पुन :  गायिका

२९, जमुना पुन : गायिका

३०, प्रिती छन्त्याल : नव गायिका

३१ सुमित्रा बुढा : नव गायिका