चित्र र प्रमिलाको तामांग सेलो सार्वजनिक
चित्र बहादुर तामाङ जिम्बा र प्रमिला मोक्तानको आवाजमा रहेको तामाङ सेलो ”फेब्खौ ज्योज्यो नानाआङा” सार्वजनिक भएको छ । चित्र बहादुर तामाङ जिम्बा र सुरोत सिंह जिम्बाको शब्द तथा चित्र बहादुर तामाङको संगीत संयोजन गीतमा रहेको छ । गीतलाई दिपेश प्रधानले एरेन्ज गरेका छन । एलेन मगरको छायाँकन, एकान्त मगरको सम्पादन तथा रुपेश योञ्जन र कमल जोशीको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ । भिडियोमा रितु लामा विलोन , रंजित थिङ , पुसन लामा मनिश लामा मोक्तानको अभिनय रहेको छ ।
प्रतिक्रिया