अमिताभको हिन्दी मोह ! रुपान्तरण ट्वीटरको

भारतीय अभिनेता अमिताभ बच्चनको हिन्दी भाषा प्रतिको मोह गज्जबको छ । अहिले उनलाई अंग्रेजी भाषाका शब्दलाई हिन्दीमा रुपान्तरण गर्ने रहर जागेको छ ।

उनले ‘सेल्फीको हिन्दी भर्जन व्यक्तिगत दुर्भाषित यान्त्रबाट हस्तउत्पादित स्वचित्र भन्दै ‘ ट्वीतरमा पोस्ट गर्दै थिए । अहिले केहि दिन पछी फेरी ट्वीटरलाइ के भन्ने होला त ? भन्न थालेका छन् । उनले ‘जसले लेख लेख्छ ऊ लेखक, जसले ट्वीट लेख्छ ऊ ट्वीखक, हास्य रसले भिजेको परिपूर्ण’ भन्दै लेखेका छन् ।

उनको यो हिन्दी भाषाको मोहले अन्य कुन कुन शब्द रुपान्तरण गर्ने हो हेर्न बाकि छ ।