रजनीकान्त भन्दा बढी पारिश्रमिक लिएर फिल्म गर्दै विजय

तमिल अभिनेता बिजय सबै भन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । भारतीय संचार माध्यमका अनुसार बिजयको ‘थलपथी ६५’ को लागि उनलाई सन पिक्चर्सले सय करोड भारतीय रुपैयामा अनुबन्धित गरेको छ ।

यस बिषयको आधिकारिक घोषणा भने गरिएको छैन । यस अघि मेगास्टार रजनिकान्तले ‘दरवार’ मा ९० करोड पारिश्रमिक लिएको चर्चा थियो । हाल बिजय फिल्म ‘मास्टर’ मा निर्देशक लोकेश कनगराज संग काम गरिरहेका छन् । फिल्म आगामी बर्षको दिपावलीमा प्रदर्शन गर्ने तयारी रहेको छ ।