अभिनेत्री ऋचा शर्मालाई मातृशोक

अभिनेत्री ऋचा शर्मालाई मातृ शोक पारेको छ । उनकी आमा रिना देवी शर्माको पौष १९ गते ६७बर्षको उमेरमा निधन भएको छ । उनको आज दाहसंस्कार गरिने रीचाले जानकारी दिईन् ।

एक महिना अघि मात्रै विवाह गरेकी उनले बिवाहको समयमा समेत आमालाई अस्पताल भर्ना गर्नु परेको बताएकी थिइन् । बिवाहको माहोलमा समेत १०दिन अस्पताल भर्ना गरेर उनलाई घर ल्याईएको थियो । उनको आत्माको चिर शान्तिको कामना।