‘एक बर्ष’ लामो अवधि लागेछ प्रिन्सी-प्रिज्मालाई

कार्यक्रम थियो फिल्म ‘लभ डायरिज’ को गीत सार्वजनिक गर्ने । कार्यक्रममा, फिल्मको गीतमा नाचेका प्रिन्सी र प्रिज्मा खतिवडाले आफुले संघर्स गरेको बताए । उनीहरु पछिल्लो समय म्युजिक भिडियोमा नृत्य गर्दै आएका छन् ।

‘टिकटक’ मार्फत चर्चामा आएका खतिवडाद्वयलाई आफुलाइ भाइरल नभएर संघर्सले यो स्थानमा पुगेको भन्ने लागेको रहेछ ।

उनीहरु मध्ये एकले भनिन्,’एक बर्ष भइसक्यो कसरी भाइरल भन्ने?’ उनलाई एक बर्ष भनेको ठुलो अवधि लागेको रहेछ।

नेपाली ग्ल्यामर क्षेत्रमा आफ्नो जीवनको लामो यात्रातय गरेका साधकले ‘अझै पनि संघर्श गर्दै छु’ भनेर अभिव्यक्ति दिने गर्छन् । तर एउटा एपको प्रयोग गरेर चर्चित बनेका दिदीबहिनीलाई आफुले धेरै जानेको अनुभव भएछ ।

जिन्दगी लामो छ । अनि गर्न धेरै छ ।

सामाजिक संजालको फ्यान फलोअर भन्दा पनि आफुलाई निखार्दै अलि धैर्यवान पो बन्ने कि ?

दुई चार गीतमा नाच्दैमा ‘ठुलो’ उपलब्धि हासिल गरेको अनुभव गर्न हतार नगर्ने कि ?