‘पोई पर्यो काले’ वितरक विवाद
फिल्म ‘पोई पर्यो काले’ मा विवाद शिर्जना भएको छ । फिल्मको सेयरको बिषयमा वितरक हरुबीच समस्या सिर्जना भएको हो । गोपाल काजि कायस्थले, करण श्रेष्ठले आफुलाई जानकारी नै नदिई हलबाट पैसा उठाएको आरोप लगाएका छन् । उनले नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघमा बिहिबार सेयर रोक्का गर्न निवेदन दिएका छन् । उनले आफुले पाउनु पर्ने १८लाख नपाएको बताएका छन् ।
करणले भने कायस्थले आफुलाइ गलत आरोप लगाएको बताएका छन् । र आरोप प्रमाणित भएको खण्डमा फिल्म क्षेत्र छोड्ने बताएका छन् ।
करणको कुरा उनकै शब्दमा :
यदि गोपाल कायस्थ दाजूले लगायको आरोप
सही भय आज नै चलचित्र उद्योगबाट राजिनामा लिनेछु !!!
फिल्म अझै प्रदर्शन भइरहेकाले केही हलबाट सेयर आएको छैन । तर पनि उहाँले पुस्पांजलि,सिद्धार्थ,कलंकी,सुभ कामना हलको शेर र म संग #नगद १ लाख लियर गयको छ ! #अनी मैले कसरी उठाए सबै हलको पैसा….? हल कही गयको छैन यही छ गोपाल दाजू धेरै हलमा पैसा उठाऊनु अजै बाकी नै छ गोपाल दाई ! मैले ३,४ वटा हलको पैसा लियको छु !! तर ४५ लाख चाही होईन..? फेरी हल बाट पैसा उठाऊनी #अधिकार #रिच को हो !! अनी #रिच ले नउठाए कस्ले उठाऊँछ गोपाल दाई !!! निर्मातालाई हिसाब दियर उहाँलाई नदीएको भए उजुरी दिन मिल्थ्यो । फिल्मको हिसाब केही हल बाट नआएको भएर निर्माता लाई हिसाब दिन सकेको छैन । उहाँले अहिले नै कसरी कमिसन र हिसाब पाउनुहुन्छ ?
#वितरक बि.के फिल्मका गोपाल कायस्थ दाजूको हल पुष्पाञ्जली र सिद्धार्थ हलबाट २ वर्षदेखि आज सम्म १४,१५ वटा फिल्मको हल बाट सेयर को पैसा पाएको छैन मैले कही मुद्दा हालेको छु गोपाल दाई !! #हामीले कैले हो एक अर्का को इजत गर्नी गोपाल दाई ! #हिसाब हो २,४ दिन तल माथी हुन्छ दाई ! उल्टै मैले चाहिँ मुद्धा हाल्नु पर्ने हो । तर, मभन्दा उहाँ अग्रज भएका कारण चुप लागेर बसेको छु ।
प्रतिक्रिया