घर बचाउन गायक ढकालको डिभोर्स ?

गायक राम कृष्ण ढकाल र निलम शाहको सम्बन्ध बिच्छेद प्रकरणले सामाजिक संजाल तातेको छ । समाचार फैलिए संगै सकारात्मक नकारात्मक टिप्पणी पनि भएका छन् ।

खबर अनुसार ढकाल दम्पतिले सम्पति सुरक्षा लागि सम्बन्ध बिच्छेद गरेका हुन् । ढकालको घर एक सहकारीको ऋण तिर्न नसकेको कारण लिलामीको प्रक्रियामा रहेको छ । यहि सम्पति बचाउन उनीहरुले सम्बन्ध बिच्छेदको खेल पो खेलेका हुन् कि ? यस कुरालाई बल पुग्ने केहि बिषय रहेका छन् ।

यदि ढकालले सम्पति आफ्नो नाममा नलिने र सबै छोरी र श्रीमतीलाई दिने हो भने घर बचाउन सकिने आधार रहन्छ । त्यस्तै उनीहरुको सामाजिक संजालमा ब्यक्त भनाइले समेत यहि कुराको संकेत गर्छ । गायक ढकाल र उनकी श्रीमतीले एकै प्रकारको बिचार राख्दै सामाजिक सन्जालमा सेयर गरेका छन् । उनीहरु लेख्छन्,’अरुले जे भनुन फरक पर्दैन हाम्रो सम्बन्ध उस्तै रहने छ’ । यो अभिव्यक्ति उनीहरुले अंग्रेजी भाषामा लेखेका छन् ।

खास बिषय के होला त ? स्थिति पर्ख र हेर को आएको छ।