ऋषि पत्नी एलिजाको ‘रिस’
ऋषि धमला पत्नी एलिजाको रिसको कुरै नगरौ ।उनलाई सधै सबैले राम्रो भन्नु पर्ने रहिछ ।
रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा पुग्न उनलाई सायद कसैको कर थिएन।श्रीमानको पछिपछी उनी कार्यक्रममा पुगिन् । कार्यक्रम नै कमेडी गर्ने ।
कमेडीको बिषय बने ऋषिको पत्रकारिता र एलिजाको अभिनय । सामान्य पनि हो, कार्यक्रम नै यस्तै छ ।
कार्यक्रम सकेर बाहिर पुगेर उनले क्यामेराको अगाडी मज्जाले रिस पोखिन् । ‘अर्कालाई भन्दा के असर पर्छ सोच्न पर्छ’ रे ।
एउटा फिल्म आफैले बनाएर आफै खेलिन् । श्रीमानको नामले चर्चा राम्ररी पाए पनि फिल्म चलेन । उनको अभिनयको खिल्ली उड्यो ।
फिल्म रिलिज नै नभई आफुलाई उनी ‘चर्चित नायिका’ भन्दै हिड्ने गर्थिन् । अहिले आएर आफै कार्यक्रममा जाने र आलोचना नपचाउने !
हैन भने अध्यात्मिक कार्यक्रममा अतिथि बनेको भए फाइदा हुने थियो कि ?
प्रतिक्रिया