के भयो ‘ए मेरो हजुर ४’ ?
एक महिना भन्दा अगाडीनै नायिका तथा निर्देशक झरना थापाले एक तस्विर सेयर गरिन् । आफुले ए मेरो हजुर ४ मा अनमोललाइ अनुबन्धित गरेको बताईन् ।
सो लगत्तै उनी पोखरा पुगिन्, अनि काठमाण्डौ । त्यसपछि नेपाल नै छोडेर भारत गइन् धर्म गर्न । उताबाट आएसंगै उनी फेरी हंगकंग यात्रामा रहेको जानकारी दिएकी छन् ।
फिल्मका हिरो कहाँ छन्, कसैलाई थाहा छैन। हिरोइन छोरी भने अमेरिका बसेर अध्ययन पूरा गर्दै छिन् ।
फिल्म घोषणा गरेर निर्माण नगरी छोड्ने चलन पुरानै हो । अझ अनमोलको केसमा त निर्माता बोल्नेछन कुनै दिन।
अनमोल लिनासाथ के के नै हुने झैँ गरि आतिन्छन्, र न यता न उता भएर बस्छन् ।
झारना भने अनमोलको कुरा मात्रै हैन आफै पनि बिना कुनै तयारी फिल्म घोषणा गरेर पारिवारिक भ्रमणमा नै व्यस्त देखिएकी छन् ।
कैले बन्ला त अब, झरना जी ‘ए मेरो हजुर ४’ ?
प्रतिक्रिया