सिन्धे निर्देशित नेपाली गीत सार्वजनिक
फरक फ्लेबरको लोक गीत ‘मर्छु कि क्या हो’ सार्वजनिक भएको छ । गायिका आश्मी रिसाल र गायक सुरेस शाहीको गीतमा आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पनि सुरेश शाहीको नै रहेको छ । गीतमा भारतमा नै मोडलिंग र अभिनय गरिरहेकी नेपाली मोडल स्यामा श्री शेर्पा र कलाकार अम्बर सुबेदीलाई फिचर गरिएको छ । भारतमा नै काम गर्दै आएका निर्देशक तथा कोरियोग्राफर ओमकार सिन्धेले भिडियोलाई कोरियोग्राफ तथा निर्देशन गरेका हुन । रामेश्वर कार्कीको चयन रहेको यस गीतको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया