छविलाई शिल्पा फर्किने आश !

फिल्म क्षेत्र र यहाँको नाटक, कुरा गरि साध्य छैन । बेनामे सम्बन्ध, अचम्मका सम्बन्ध र २, ३ ,४ जना सम्मको सम्बन्ध समेत सामान्य नै लिइन्छ । कहिले एकसंग लपक्कै कहिले नुन बाराबार ।

आज नायिका शिल्पा पोखरेलको जन्मदिन । जन्मदिनमा छविराज ओझाको शुभकामना अनौठो लागेन ?

सन्धर्व फिल्मकर्मी नवल नेपालको शिल्पाका लागि जन्मदिन शुभकामनामा उनका पुर्व पति भनिएका छवीको थप शुभकामना ।

कानको जाली फुटाउने, घाटी थिचेर मार्ने प्रयास गर्ने, मानसिक तनाव दिने भनेर आरोप खेपेका छवीले आफ्नी कान्छी र अन्तिम भनिएकी श्रीमतीबाट खेपेको आरोप हो यो ।

उनी भने अझै पनि धाइ धाइ पछी लागेको देखियो । हैन भने प्रहरीथाना सम्म पुर्याउने मान्छेको यत्रो बिधि किन माया ? फेरी उनले लगाएको आरोप झुटो हो भन्दै आएका छन्, छवी ।

यो अवस्थामा अरुको पोस्टमा गइगइ दिएको शुभकामना केका लागि ? कि अझै पनि शिल्पा फर्किने आशा छ छवीलाई ???