भाग्य त खै दर्शक भड्किए है शिल्पा जी !

करियरको हराउने मोडमा पुगेकी मोडल कलाकार शिल्पा पोखरेल एका एक चर्चामा आइन् । छविराज ओझाले कानको जाली फुटाएको भन्दै उजुरी हाल्न पुगेकी उनी उल्टो भुमरीमा फसिन् ।

लामो समयबाट विवाह बन्धनमा बाढी पनि झुट बोल्दै आएकी उनको विवाहको खबर सम्बन्ध बिच्छेदको स्थितिमा पुगेर बाहिरियो । तर उनी माथि अर्को आपत आई लाग्यो बहुविवाहको । प्रहरीले खोजिरहदा उनी लामो समय लुकेर पनि बसिन् ।

अहिले उक्त काण्ड अलिक सुनसान भएको छ । तर यहि बीच उनले समाजीक संजाल मार्फत एक स्ट्याटस सेयर गरिन् । उनको बिचार हेर्दा लाग्छ अझै पनि छवीको ह्यांगबाट उनी बाहिर आउन सकेकी छैनन् ।

उनी लेख्छिन गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र म बिच उ जित्न दिदैन म हार्न जान्दिन,,!!

उनको स्ट्याटसमा अधिकांस प्रतिक्रिया नकारात्मक देखिन्छन । उनी प्रति दर्शक भाडिएको देखिन्छ । कहिले म्युजिक भिडियो त कहिले भोजपुरी फिल्म गर्दै कहिले सम्म चित्त बुझाउने होला । एक पटक चर्चाको शिखरमा पुग्न सफल हिरोइनको भाग्य त त्यस्तै हो दर्शक पो भड्किए । तपाईको झुटले अप्ठ्यारो पार्यो है शिल्पा जी।