फिल्मकर्मी पोखरेललाई मातृशोक

फिल्मकर्मी सुशील पोखरेललाई मातृशोक परेको छ । आज पुष १ गते मंगलबार बिहान ९ :३० बजे उनकी आमा भिम कुमारी पोखरेलको निधन भएको हो । १६दिनबाट अस्पतालमा रहेर उपचाररत उनको ७२बर्षको उमेरमा निधन भएको हो ।

निगरानी, बडीगार्ड, राधे, यात्रा लगायत फिल्मका निर्माता पोखरेलले फिल्मको कथा, डाइलग समेत लेख्ने गर्छन् । लामो समयबाट यस क्षेत्रमा सक्रिय रहेका उनी एफ डी कम्पनीका निर्देशक समेत रहेका छन् । मृतआत्माको चिर शान्तिको कामनाका साथै परिवार प्रति हार्दिक समबेदना ।