राष्ट्रिय सम्मानका साथ दुई कलाकर्मीको अन्तिम विदाई (फोटोसहित)

फिल्मकर्मी द्वय केशव भट्टराई र दीपक क्षेत्रीको एकसाथ राष्ट्रिय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान दिदै अन्तिम बिदाइ गर्यो । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईलाई उनका १५ वर्षीय छोरा मिस्क भट्टराईले र कलाकार क्षेत्रीलाई छोरा रिनेश बस्नेतले दागबत्ति दिएका थिए । क्षेत्रीको सनिवार र भट्टराईको आइतबार निधन भएको थियो ।

कलाकारद्वय भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जली दिनका लागि दिउँसो चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो । उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसँगै नेपाली फिल्मका कलाकार, निर्माता, निर्देशक, प्राविधिकहरु बोर्ड पुगेका थिए । त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि दुबैको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राखिएको थियो ।