मिस वर्ल्डमा नेपालको ठुलो उपलब्धी

यस बर्षका (२०१९) का लागी नेपालबाट मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरेकी थिइन् । अनुष्काले हेड टु हेड च्यालेन्ज र मल्टिमीडिया अवार्ड जित्न सफल भएकी छन् । उनी व्युटी विथ प्रपोज विजेता भएको आधारमा सोझै टप ४०मा पर्न सफल भएकी थिइन् ।

टप १२ मा छनोट भएकी अनुष्काले आफुलाई टप ५ मा पुर्याउन भने सकिनन् । यसलाई मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्ष्यपतीले टप १२ मा पर्नु ठुलो उपलव्धी ठानेका छन् । यो बर्ष टप ५ मा नाईजेरिया, ब्राजील, भारत, जमैका र फ्रान्सका सुन्दरी परेका थिए । सवैलाई पछी पारेर जमैकाकी सुन्दरी टोनी एन सिं मिस वर्ड बन्न सफल भइन् ।