निर्देशक समाजको अध्यक्षमा खनालको उमेरद्वारी

नेपाल चलचित्र निर्देशक समाजमा अध्यक्ष पदको लागि निर्देशक शेखर खनाल ‘भुइँकटहर’ ले उम्मेदवारी दिएका छन् । आगामी २८ गते हुने निर्वाचनको लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचनमा नेपाली क्षेत्रका दिगज हस्तीहरू नेतृत्वको लागी मैदानमा उत्रीएका छन् । यस भीडमा पृथक कार्यक्रम र योजना अघि सारेर चलचित्र निर्देशक समाज वर्तमान का.बा महासचिव समेत रहेका खनालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

समाजमा कार्यसमिति सदस्य, सह-कोषाध्यक्ष, सचिव हुदै हाल का.बा. महासचिवको ज़िम्मेवारी निर्वाह गर्दै आएका उम्मेदवार खनाल पुराना फिल्म निर्देशक हुन् । उनले २०५८ सालमा होचा-पुड्का मानिसहरूको कथा व्यथामा आधारित फिल्म सारथीको लेखनर निर्देशन गरेका हुन् । यता खनालले दर्जनौ राष्ट्रिय, अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्महरू निर्देशन गरेका छन् । उनी फिल्म निर्देशक मात्र नभएर चर्चित हास्य टेलिशृंखला झ्याईकुटी झ्याईका लेखक निर्देशक र कलाकार समेत हुन् ।