जापानमा ‘छ माया छपक्कै’
सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको फिल्म ‘ छ माया छपक्कै’ को जापान राईट्स लिएको छ । ओल्डवाईट राईट्स लिएको बजगाईं फिल्मसका प्रबन्ध निर्देशक निशान बजगाईं र सुर्य कर्पोर्सनका प्रबन्ध निर्देशक बाशुदेव लामिछाने बिच सहमति उपर हस्ताक्षर गरिएको फिल्म अब जापानका विभिन्न शहरहरुमा प्रदर्शन हुने छ ।
जापानमा लगातार ३ पटकसम्म साकुरा नाईट नामक म्यूज़िकल टुर गर्दै आईरहेको कर्पोरेसनले यो बर्ष नेपालमा पनि सम्पन्न गरेको थियो । फिल्मको ईन्टरनेसनल राईट्स लिने क्रममा केहि समयपछि फ्लोरमा जाने तयारी गरिरहेको फिल्म एन्टि हिरोको ईन्टरनेसनल राईट्स पनि करिपोरेसनले लिगिसकेको छ । अनमोल केसी र भुवन केसीको काजोल फिल्मसको ब्यानरमा बन्ने फिल्मको कथावस्तु निकै दमदार मानिएकोले सबैको व्यग्र प्रतिक्षा रहेको वताईएको छ ।
जापानमाझ चिरपरिचित एवम् सफल कम्पनिसंग सहकार्य गर्न पाउंदा निकै खुसि रहेको बजगाईं फ़िल्मका प्रबन्ध निर्देशक निसान बजगाईंले वताए । सुर्य करिपोरेसनले यस अघि पनि छक्का पन्न्जा ३ को जापान राईट्स लिई १५ बढि शहरहरुमा ब्यवस्थापन गरी स्थानिय आयोजकहरुद्वारा सफल प्रदर्शन गराएको थियो ।
प्रतिक्रिया