दीपकजी, धोति खुस्किदा देख्नेलाई पनि उत्तिकै लाज हुन्छ
दीपकराज गिरी, एक सफल कलाकार र अहिले सफल निर्माता । व्यवसायिक रुपमा सफल फिल्म दिदै आएको दिपकको टिमले ‘छ माया छपक्कै’ मार्फत बिषयबस्तुमा पनि ध्यान दिन थालेको छ । उनीहरुका सबै फिल्म सफल छन् ।
तर यहि नेपाली फिल्म जगतका ९०प्रतिसत फिल्मले लगानी उठाउन नसकेर डुबेका छन् । फिल्म जगतमा भएको यो असफलताको बेफाइदा स्वयम् टिमलाइ मात्रै छैन । एकै क्षेत्र भएको हिसावले यसको असर सम्पूर्ण फिल्मकर्मीमा पर्छ नै ।
समसामयिक बिसयमा प्याच्च बोल्ने बानीले आलोचना खेपेर पनि नथाकेका उनै दीपक राज गिरी फेरी फिल्म नचलेको बिषयमा मुख फोरेका छन् ।
प्वाक्क बोल्ने पर्ने उनले लेखेका छन्, ‘केटा केटीहरू डेटिगको लागि सुनसान ठॉउ चाहिएको छ? आजकल जुनसुकै फ़िल्म हलमा गए पनि हुन्छ ….हरिबिजोक डटकम !!!!’ लेख्न त लेखे तर ? उनी पनि त यहि क्षेत्रमा छन् ।
उनको लेखाइले फिल्म नचल्दा उनी खुसि भएको लाग्छ । तर धोति खुस्किदा, लाज खुस्किनेको साथ साथै देख्ने लाई पनि उत्तिकै त हुन्छ नि हैन र ? कति हतार भएको खुच्चिङ भन्न ।
प्रतिक्रिया