अन्जलीको ट्रोल बन्दा दीपशिखाको आक्रोस : ‘लाइभ अन्तर्वार्ता त थिएन नी’
मोडल अन्जली अधिकारी अर्थात बोल माया गलबन्दीकी लजालु युवती अहिले ट्रोलको सिकार भएकी छन् । उनी फिल्म प्रेम गीत ३ की नायिकाको लागि समेत एक अब्बल प्रतिष्पर्धी मानिएकी थिइन् । भलै टप १मा पर्न सकिनन् । उनले रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चुनाबमा उम्मेर्द्वार भएको हैसियतले सोहि बिषयमा कुरा गर्न एक युट्युव च्यानलमा दिएको अन्तर्वार्ता अहिले सामाजिक संजालमा चर्चामा रहेको छ । उनले उक्त अन्तर्वार्ताको क्रममा ‘रिलेसन्सिप स्ट्याटस’ को जवाफ सामाजिक संजालमा पोष्ट गर्ने बिचार सोचेर जवाफ दिएकी थिइन् । उनले नबुझेर होस् या नजानेर नै होस्, उनको उत्तरमा प्रश्न सोध्ने व्यक्ति खिल्ली उडाउदै हासेका छन् । (उक्त अन्तर्वार्ता लिने व्यक्तिको हासोको समेत समय समयमा ट्रोल बन्ने गरेको छ ।)
यस बिषयमा नायिका तथा निर्मात्री दीपशिखा खड्काले एक स्ट्याटस सेयर गरेकी छन् । उनले लेखेकी छन्, ” ईंग्लिश एउटा सरल भाषा हो सिक्न चायो भने सिकिन्छ, बोल्न चाह्यो बोलिन्छ । तर यो पनि एउटा यथार्थ हो कि, ईंग्लिश हाम्रो मातृभाषा भने पक्कै होईन । हामीलाई बोल्न अलि कती अप्ठ्यारो कहि न कतै भइ नै हाल्छ र बुझ्न पनि । यसमा लाज मान्नु पर्ने कुरा नै के छ र ? ईंग्लिश एउटा पावर होईन, एउटा भाषा हो । आफ्नो भाषा नजान्दा पो लाज मान्नु…. । अर्को कुरा ईंग्लिश आउदैन भन्दैमा उस्को ट्यालेण्ट्लाई जज गर्ने कुरा पनि हुँदैन । सबै मान्छे बोर्डिङ स्कुलबाट पढेर आएका हुँदैनन । गाउघरको स्कुलहरु सबैलाई थाहा नै छ । जस्मा जिम्मेवारी हुन्छ उस्ले यो कुरा बुझेको हुन्छ lll अर्को कुरा ईंग्लिश नआउदैमा गवार भन्नेहरु चाही गवार लाग्छ मलाई….. नपढेका अनपढ जती सबै फिल्म क्षेत्रमा छन् रे । दुई लाईनको ईंग्लिश कमेण्ट गरेर सिङ्गो इण्ड्रस्टिको बदनाम गर्छन !!
एउटा युटुबरले एउटा कलाकारको इन्टरभ्यु लिन्छ । अरे लाईभ त होईन नि यार । असुद्ध कुराहरु नराखे पनि हुन्छ नि । तेसैलाई हाईलाईट गर्छन् । अरे अर्काको इज्जत फुकेर आफ्नो चुलो किन बाल्नु के ? किन ??”
प्रतिक्रिया