रिट खारेजसंगै शिल्पा पक्राउ पर्ने सम्भावना

कलाकार शिल्पा पोखरेलले आफुलाई पक्राउ नगर्न भनि हालेको मुद्धा सर्वोच्च अदालते खारेज गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले मंगलबार पोखरेलको रिट खारेज गर्ने निर्णय भएको हो ।

निर्माता छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । नायिका पोखरेलको निवेदन खारेज भएसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको छ । जिल्ला अदालतले पुर्जी जारी गरेपछि नायिका पोखरेलले उच्च अदालतमा पक्राउ पुर्जी खारेज गर्न निवेदन दिएकी थिइन् ।