सप्तरंग २’ को दोश्रो प्रस्तुति बिरगंजमा सम्पन्न (फोटोसहित)

‘टिभीएस अपाचे सिरिज सप्तरंग २’ को दोश्रो प्रस्तुति बिरगंजमा सम्पन्न भएको छ ।  मुख्य मन्त्री लाल बाबू राउतको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा उपस्थित मध्ये धेरै कलाकारले तराइको संस्कृति झल्किने धोति कुर्था लगाएका थिए  । झापाको बिर्तामोडबाट सुरु भएको कार्यक्रम सातै प्रदेशमा हुने छ । सातै प्रदेशको प्रतिनिधित्व गर्दै संगीत कर्मी कलाकर्मीको छनौट गर्दै सुरु गरिएको कार्यक्रम पहिलो कार्यक्रमको सफलता पुर्वक समापन गरे संगै  दोश्रो प्रस्तुति  दिइरहेको छ ।

ग्रिश्मा ब्रोडकाष्टिङको आयोजनामा भैरहेको कार्यक्रमको उद्येश्य पर्यटन बर्ष २०२०लाइ सहयोग पुर्याउनु समेत रहेको अध्यक्ष गृहेन्द्र घिमिरेले बताए । दोस्रो शृंखलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् । यिनले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने छन् । कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको छ । कार्तिक २० गते विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंजमा भएको छ ।  बाकि कार्यक्रम २४ गते चितवन , २६ गते नेपालगंज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ । गत बिक्रम संवत २०७० सालमा ‘ढकाल सुमधुर साँझ’ गरेर इभेन्टमा पाइला टेकेको गृष्मा ब्रोर्डकास्टिङले त्यसपछि भ्यालेन्टाइन नाइट , साकुरा नाइट , शुभयात्रा साँझ लगायतका कार्यक्रम गरिसकेको छ । ‘सप्तरङ्ग २’ मा अफिसियल एमसीको रुपमा नरेश भट्टराई , विवेक खतिवडा र पूजन थापा रहेका छन् ।