‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ विरगञ्जमा सुरु

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आज कार्तिक २१ गते बिहिबारदेखि सुरु भएको छ । नेपाल चलचित्र निर्माता संघको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’स्लोगनका साथ  विरगञ्जको घण्टाघरबाट प्रभात फेरी र्याली गर्दै कार्यक्रम सुरु गरिएको हो । र्याली विरगञ्ज रंगशाला पुगेर टुंगिनेछ । महोत्सव ३दिन सम्म चल्ने छ । प्रभात फेरीमा कलाकार निर शाह, भुवन केसी, दिपा श्री निरौला, दिपक राज गिरी, निरुता सिंह, झरना थापा, सरोज खनाल, बसुन्धरा भुषाल, भुवन चन्द, वर्षा राउत, नीता ढुंगाना, छुल्ठीम गुरुङ लगायत उपस्थित थिए ।

नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवमा मुख्य अतिथीको रुपमा बलिउड अभिनेता गोविन्दा रहेका छन् । त्यसैगरी यस कार्यक्रममा नेपालका सुपरस्टार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायत दर्जनौं कलाकारहरुको सहभागिता रहने छ ।