देउवाको कारण विवादमा घामड शेरे र आशिफ शाह
फिल्म घामड शेरेका बिषयमा बोल्दा कलाकार तथा निर्देशक आसिफ साह विवादमा फसेका छन् । ‘घामड शेरे’ फिल्मको पोष्टर र नेपाली कांगे्रसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर शाहले आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि उनी विवादमा मुछिएका हुन् । उक्त पोष्टलाई लिएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका छन् । बिरोध आए संगै उनले सामाजिक संजालमार्फत नै माफी मागेका छन् ।
नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले फेसबुकमा एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने बताएका गरेका छन् । ‘कलाकार जगतको कलङ्क आसिफ शाहले सार्वजनिक रुपमा आममाफी माग्नुपर्छ होइन भने सुदुर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुप प्रवेशमा त्यस्ता कलंकलाई पूर्ण निषेध गरिनेछ । जय नेपाल ।’
शाहले माफी मागेको स्ट्याटस
‘मैले कोही व्याक्ति वा संस्थाको भावनामा चोट पुर्याउन चाँहेको थिइनँ । म कुनै राजनीतिक दलसँग नजोडिएको बताउन चाहन्छु । हल्का ठट्यौली मात्र गरेको थिएँ । तपाईंहरुलाई चोट परेको भए माफी माग्छु ।’ माफी मागेसँगै शाहले अघिल्लो स्टाटस समेत डिलिट गरेका छन् ।
फिल्म ‘घामड शेरे’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया