ब्यापार बढ्यो छ माया छपक्कै र पोइ पर्यो कालेको
दशैँपछी प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले राम्रो ब्यापार गरेको छ । यहि बीच परेको तिहारको बिदाले समेत उक्त फिल्मलाई थप सहयोग गरेको हो । त्यस्तै फिल्म पोई पर्यो कालेलाई समेत तिहार बिदाले राहत दिएको छ । हल हलमा पुगेका फिल्मका कलाकार पूजा र आकाशको कारण समेत फिल्म लाइ फाइदा पुगेको छ । बिदाको समयमा यी दुवै फिल्मको सिंगल तथा मल्टिप्लेक्सको ब्यापार बढ्दै गएको छ । तर बलिउड फिल्म ‘हाउसफुल ४’ ले केहि मात्रामा असर पारेको छ ।
दिपेन्द्र के लामाको कथा तथा निर्देशनमा यहि असोज २४बाट प्रदर्शनमा ‘फिल्म छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् । फिल्म छायांकन हरी हुमागाईंको छ । फिल्मका लागि कलाकार केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायत छन् । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छन् ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा र आकाश सँगै सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । फिल्ममा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहने फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया