भिटेनमा पक्कै सुधार आउने छ !

गोराहरुको अत्याचारको विरुद्द निग्रो हरुले आवाज उठाउन सक्ने अवस्था थिएन । नेपालमा गाउ गाउ बाट उठ भन्ने गित जस्तै भन्दा हुन्छ ब्याटल लाई । रंगभेदी आन्दोलनको सुरुवात तिर निग्रो हरुले गोराहरुको विरोध गर्दा प्रयोग गरिएको लयात्मक कविता नै ऱ्याप गीत बनेको हो ।

ऱ्याप ब्याटल चाहीँ निग्रोहरु नै आफै कोही गोरा बन्थे अनि कोही काला र सडक छेउमा कालाहरुले गोराहरुलाई तथानाम भनेर गाली गर्थे तर त्यो गाली लयात्मक हुन्थ्यो । उनीहरु आपसमै गोरा बनेर पनि जवाफ फर्काउथे -ऱ्याप ब्याटल पनि दोहोरी हो एक प्रकारको ।

ऱ्याप गीतमा भट्याउने जुन प्रचलन छ त्यो नेपाली लोक संगीतमा पनि छ जसलाई ‘कर्खा’ भनिन्छ । गन्धर्व हरुले सारंगीको तालमा कुनै लय गाउनु अगाडी लामो छन्द मिलेको कविता भट्याईसकेपछी ताल मिलेको जुनसुकै गीत गाउन मिल्छ कर्खामा । ऱ्याप र कर्खा एकै प्रकृतीका गीत हुन ।

कर्खामा घटना विवरण लयात्मक तरिकाले बुनिन्छ भने ऱ्यापमा झण्डै झगडा र भनाभन गरिन्छ । निग्रोहरु माथिको अत्याचार चरम चुलिमा हुँदा निस्केको गोरा प्रतिको आक्रोस भएको कारण त्यहाँ गाली र अश्लिल शब्दलाई सामान्य रुपमा लिने गरिएको हो । तर राम्रा अंग्रेजी र हिन्दि ऱ्यापहरुमा अश्लिल शब्द प्रयोग नगरीकनै पनि हिट ऱ्याप गीत बनेका छन ।

ऱ्याप गायकले जिन्दगीमा कतै न कतै कुनै न कुनै क्षणमा एक न एक दिन अश्लिल गाएकै हुन्छ । वलिबुड सिंगरहरु हनि सिंह र बादसाहहरुले पनि अश्लिल गाएका छन । गालीमा ऱ्याप गरेका छन । क्यारियरले उचाई लिएसंगै उनीहरुले गाएका अश्लिल गीतको चर्चा घट्दै गएको देखीन्छ ।

भिटेनको पनि क्यारियर आकासिए संगै र उनको उमेर बढ्दै गएपछी र अनुभवले खारिदै गएपछी उनमा पनि सुधार आउने छ पक्कै । उनले पनि समाजमा राम्रो र सकारात्मक संदेश दिने गीत निकाल्नेछन -त्यो समयले उनलाई सिकाउदै लैजाने कुरा हो ।