विपिनको ‘सेल्फी किंङ’ इण्ड क्ल्याप
३३ दिनमा फिल्म ‘सेल्फी किंङ’को छायाँकन सकिएको छ । दशैं अघि र पछि दुई सेड्युलमा छायाँकन भएको फिल्म काठमाडौं, भक्तपुर हुँदै सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायतका स्थानमा गरिएको छ ।
‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्नेछ । मुख्य भुमिकामा बिपिन कार्कीले अभिनय गरेका छन् । छायाँकन सकिए सँगै उनले आफुले अहिले सम्म काम गरेका फिल्म मध्ये ‘सेल्फी किंङ’ एक उत्कृष्ट फिल्म बनेको बताए । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका छन् । छायाँकन सकिएसँगै उनी फिल्म उत्कृष्ट बनेको र दर्शकको मन जित्नेमा विश्वस्त देखिए ।
फिल्ममा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छन् ।
सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन छ । फिल्ममा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
प्रतिक्रिया