शुभेच्छाको ‘लक्ष्मी रानी’लाई पिजी
फिल्म ‘लक्ष्मी रानी’लाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ । कात्तिक १ गतेदेखि प्रर्दशन हुन लागेको नारी प्रधान फिल्म ‘लक्ष्मी रानी’ले पिजी सर्टिफिकेट पाएको हो । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् । फिल्ममा नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको फिल्म हो । उनले यस अघि दर्जन भन्दा बढि फिल्ममा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । फिल्मको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन् ।
फिल्ममा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरीलगायत रहेका छन् । फिल्मलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् भने सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । फिल्म बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लि.ले जिम्मा लिएको छ ।
प्रतिक्रिया