‘छ माया छपक्कै’ को जापान राईट्स सुर्य कर्पोरेसनलाई

नेपालका ख्याति प्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले फिल्म छक्का पन्जा टिमको  ‘छ माया छपक्कै’ को जापान राईट्स लिएको छ । ओल्डवाईट राईट्स लिएको बजगाईं फिल्मस का प्रबन्ध निर्देशक निशान बजगाईं र सुर्य कर्पोर्सनका प्रबन्ध निर्देशक बाशुदेव लामिछाने बिच सहमति उपर हस्ताक्षर गरिएको छ । असोज २४ गते अर्थात अक्टूबर ११ को दिन प्रदर्शन मिति तोकिएको फिल्म सुर्य कर्पोरेसनले ब्यवस्थापान गरी स्थानिय आयोजकहरुद्वारा प्रदर्शन गराउने छ ।

यस अघि पनि छक्का पन्जा ३ को जापान राईट्स लिएको कर्पोरेसनले १५ बढि शहरहरुमा सफल प्रदर्शन गरेको थियो । जापानको लागि परिचित मात्र नभई आफ्नो छुट्टै परिचय बनाउन सफल कम्पनिसंग सहकार्य गर्न पाउंदा निकै खुसि रहेको बजगाईं फ़िल्मका प्रबन्ध निर्देशक निसान बजगाईंले वताए । जापानमा फिल्मको प्रदर्शनका लागि क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै जानेछ । दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ , २ र ३ को अपार सफलतापछी निर्मित ‘’छ माया छपक्कै‘’ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्ने तयारी गरीएको बताईएको छ ।