सुशीलपछि नीताको फेसबुक ह्याक
नायिका नीता ढुंगानाको फेसबुक ह्याक भएको छ । उनले शनिवार राति देखी फेसबुक ह्याक भएको बताइन । र फेसबुक म्यासेन्जरबाट एउटा लिंक पठाइएकोमा उक्त लिंक खोल्ने जो कसैको पनि फेसबुक ह्याक हुने भएकाले लिंक नखोल्न आग्रह गरेकी छन् । कसले र किन ह्याक गर्यो भन्ने पत्ता नलागेको भए पनि आफ्नो ह्याक भएको फेसबुक पुरानै अवस्थामा फर्काउन आइटी एक्सपर्टले प्रयास गरिरहेको उनले बताइन् ।
पछिल्लो समय कलाकारहरुको फेसबुक ह्याक हुने क्रम बढेर गएको छ । केही समय अगाडि नायक सुशील श्रेष्ठको फेसबुक पेज ह्याक भएको थियो जसबाट हरेक समय एक ब्युटी प्रोडक्टको लाइभ प्रसारण भइरहेको छ ।
पछिल्लो समय कलाकारहरुको फेसबुक ह्याक हुने क्रम बढेर गएको छ । केही समय अगाडि नायक सुशील श्रेष्ठको फेसबुक पेज ह्याक भएको थियो जसबाट हरेक समय एक ब्युटी प्रोडक्टको लाइभ प्रसारण भइरहेको छ ।
प्रतिक्रिया