रेकर्ड ब्रेकर फिल्म बन्यो ‘कबड्डी-३’ हालसम्म कै उच्च कलेक्सन
रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राखेकोछ । प्रदर्शनको दोस्रो दिनमा फिल्मले १.७८करोडको ग्रस कलेक्सन गर्दै सिंगल डे अंकमा नयाँ उचाई प्राप्त गरेको हो । १.७८ करोड नै नेपाली फिल्मले एकल दिनमा कमाएको आधिकारिक कलेक्सन हो । शनिबार राजधानीबाट ९२लाख कलेक्सन गरेको ‘कबड्डी३’ ले मोफसलमा ८६लाख व्यापार गरेको वितरक कम्पनि ‘स्टेशन५’ ले जानकारी दिएको छ । यस्तै पहिलो दिनको कलेक्सन १.४७करोडमा राजधानीबाट ८० र मोफसलबाट ६७लाख योगदान रहेको छ । दुई दिनमा फिल्मको टोटलग्रस ३करोड २५लाख पुगेको छ । पहिलो दुई दिनमा पनि यो कलेक्सन नेपाली फिल्मको लागि सर्वाधिक हो । शुक्रबारको व्यापार र बलियो वर्ड अफ माउथलाई मध्येनजर गर्दै शनिबार देशै भर फिल्मको लागि हल र शोज थपिएको थियो । शनिबारको बम्पर व्यापारले गर्दा फिल्मले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राख्न सफल भएको हो ।
फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतको अभिनय रहेको छ । बासुरी फ़िल्म्स र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । फिल्ममा शैलेन्द्र डि. कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
प्रतिक्रिया