असोज ४बाट ‘मिस्टर एण्ड मिस स्टार चितवन’ को अडिसन हुदै

चितवनमा क्रियटिभ इन्साइट मिडिया प्रालिले “मिस्टर एण्ड मिस स्टार चितवन २०१९ ” प्रतियोगिताको आयोजना गर्ने भएको छ । अडिसनको लागि फर्म वितरणको कार्य भईरहेको र अडिसन यहि असोज ४बाट सुरु हुने आयोजक सस्थाको अध्यक्ष सरिता आचार्यले जानकारी दिएकी छन् । हाल उक्त प्रतियोगिताको लागि फोटो कन्टेष्ट प्रयोगिता भईरहेको छ । चितवनमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरेर अनुभब बटुली सकेकि सरिता आचार्यको आयोजनामा हुन लागेको यस प्रतियोगितमा मोडल सम्पदा अमगाई र मोडल सृष्टि भुसाल कार्यक्रम संयोजक रहेका छन् । भबिष्यमा नेपालबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिदै आएको “मिस्टर एण्ड मिस स्टार चितवन २०१९” कार्यक्रम आयोजक बताउछन् ।

यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक युवा तथा युवती प्रतियोगीहरुले श्री कृष्ण सुन चादी पसल शहिद चोक, रोयल गेष्ट हाउस पुल्चोक, साङ्गाइ रेष्टुरेन्ट चौबिस्कोठिमा फर्म लिएर सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्मका बिबाहित तथा अबिबाहित दुवै युवा युवती प्रतियोगीहरुले भाग लिन पाउनेछन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । साथै बिजेतालाई रु ४०,००० नगद सहित आकर्षक अन्य पुरस्कार समेत प्रदान गरिनेछ । साथै फस्ट रनर अपले २०००० र सेकेन्ड रनर अपले १०००० प्राप्त गर्ने छन् । पानोरमा गार्डेन कृष्णपुर ७ चितवनमा इभेन्ट संचालन हुने छ भने बिजेतालाई द जीएमआइ एकेडेमीको त्रफाबाट कम्प्युटर तथा ट्युसन क्लास फ्रिमा पढाइने छ ।  अन्य सहभागीलाई समेत जुनसुकै कक्षाको लागि ५० प्रतिसत छुटको व्यवस्था गरिएको छ  ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ करिब २० दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित अन्य गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक सस्थाले गराएको छ । कार्यक्रमका लागि फोटो पार्टनर द क्यानन स्टुडियो चितवन रहेको छ ।