‘सेल्फि किंग’मा विपिन र लक्ष्मीको मुख्य भूमिका

राजधानीमा एक कार्यक्रम गर्दै फिल्म ‘सेल्फि किंग’ निर्माण घोषणा गरिएको छ । फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही फिल्मका  निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म बिशाल सापकोटाले निर्देशन गर्नेछन् ।

फिल्ममा अभिनेता विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।


फिल्ममा बिपिनको शिर्ष भुमिका रहनेछ । बिपिनले सेल्फि किंगको भूमिका निर्वाहा गर्नेछन् । हाँस्यकलाकारको जीवनको कथा भन्ने फिल्म भएकोले पनि आफुले फिल्मको कथा सुन्दा साथ काम गर्न उत्साहित भएको बताए ।


निर्देशक बिशालकै लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, उत्तम न्यौपानेको साउण्ड डिजइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ । फिल्ममामा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहने छन् । भाद्र २४ गते मंगलबार बाट छायाँकनमा जाने फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।