अंचलसंगको सम्बन्धको बिषयमा बोले पल

पल शाह र आंचल शर्मा सम्बन्धमा थिए थिएनन् उनीहरुलाइ नै थाहा होला ।  तर सार्वजनिक रुपमा उनीहरुले स्वीकारेका थिएनन् ।  यहि बीच आंचल शर्माको एक मेडिकल डाक्टरसंग नाम जोडिन थालेसंगै उनलाइ उनका फ्यानहरुले  गाली गर्न थालेका छन् ।  आंचललाई नकारात्मक प्रतिक्रियाको बर्षा नै भएको छ ।  यहि बीचमा पलले मुख खोलेका छन् ।  उनले सामाजिक संजालमा एक स्ट्याटस लेख्दै आंचललाई गाली नगर्न आग्रह गरेका छन् ।
उनको स्ट्याटस जस्ताको त्यस्तै :
मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ,
आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधै राम्रो साथि थियौ र रहने छौ । सबै अफबाह थियो । केहि दिन देखी सामाजिक सन्जालहरुमा आचल जी लाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाको नया जिबन र हाम्रो मित्रता लाई गलत बुझेर सामाजिक सन्जालमा उहालाई गाली नगरिदिनु होला । उहाको नया जिबनको खबरलाई म संग जोडेर सामाजिक संन्जालमा कमेन्ट नगरिदिनु होला । साथि हौ त्यो भन्दा माथि केहि थिएन ! म आफ्नो करियरमा फोकस छु । तपाईहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधै अपेक्षा गर्दछु !!
आप जोडी थियौ छौ रहनेछौ !
अन्तमा उहाको आफ्नो जिबनबारे बिषयमा मलाई नजोडिदिनु हुन म मेरा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछु !! हरितालिका तिजको सबैलाई धेरै धेरै शुभकामना ।।