फिल्म ‘मारुनी’ को आशलाग्दो ब्यापार

फिल्म ‘मारुनी’ ले शुक्रबारको तुलानामा शनिबार केही आशालाग्दो व्यापार गरेको छ । काठमाण्डौका मल्टिप्लेक्सका केही शोजमा फिल्मको अकुपेन्सी ९०  प्रतिशतसम्म देखिएको छ । शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा फिल्म हेर्ने दर्शकको उपस्थिती बाक्लो देखिएको थियो । गोपिकृष्णमा उपस्थित दर्शकसँग साक्षात्कार गर्न नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, नायिका रेविका गुरुङ, निर्मात्री पूनम गौतम, निर्देशक नवल नेपाल लगायत पुगेका थिए ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् । नायक पुष्प खड्काले पनि दर्शकको माया पाएको भन्दै खुशी व्यक्त गरे । निर्मात्री पूनम गौतमले शनिबार फिल्मको व्यापारले आफू उत्साहित भएको र सकारात्मक वर्ड अफ माउथले आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् ।

फिल्म हेर्न हल पुगेका दर्शकले यसको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई मन पराएका छन् । एक फरक कथामा फिल्म बनेको भन्दै दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन् । पुष्प, साम्राज्ञी र रेविका चार जना बडिगार्डको सुरक्षा घेरामा हल पुगेका थिए ।