युरोपमा सुगम, तृष्णा र वर्षाको कन्सर्ट
बाल कल्याणकारी संस्था ‘पिस एण्ड बिउटिफुल चिल्ड्रेन वेलफेयर’ ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्दै छ । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ गते देखी २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।
कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुँदै छन् । देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षामा सहयोग गरी भविष्यमा सक्षम नागरिक बनाउन सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । साथै संस्थामा आबद्ध बालबालिकाहरूको उज्ज्वल भविष्यको लागी यस कार्यक्रमले ठुलो योगदान पौर्याउने विश्वास आयोजना संस्थाले लिएको छ ।
प्रतिक्रिया