द्वन्द निर्देशक महर्जनको डेब्यु निर्देशकिय फिल्म फ्लोरमा

फिल्म ‘गुञ्जन’ को पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभमुर्हत गरिएको छ । भदौ ११ गते मंगलबार शुभमुर्हत गर्दै पोखरामा नै छायंकन सुरु भएको छ । फिल्मको ९० प्रतिशत छायंकन पोखरामा हुने र बाँकी काठमाण्डौमा छायांकन गरिने निर्माण युनिटले जानकारी दिएको छ ।

ए. एच ईन्टरटेन्मेन्ट प्रा.ली को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई द्वन्द निर्देशक अष्टमान महर्जनले निर्देशन गर्ने छन् । गुन्जन उनको डेब्यु निर्देशन रहने फिल्म हुने छ । प्रेम कथामा आधारित फिल्म सुनिता शाहीले निर्माण तथा हिरा कृष्ण शाहीले प्रस्तुत गर्ने छन् । फिल्म राजेश श्रेष्ठले छायंकन गर्नेछन् । महेश दवाडिको कथा , पटकथा र संवाद रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफि , अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत रहने छ भने अस्मिता अधिकारी, निशान भट्टराई र बनिका प्रधानले उक्त फिल्मको गीतमा आवाज दिने छन् । फिल्ममा सरोज खनाल, हिउवाला गौतम, सारा सिरपाली, प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्का लगायतको मुख्य अभिनय रहने छ । प्रितमराज सेञ्चुरीले यस फिल्म मार्फत डेब्यु गर्न लागेका हुन् । फिल्म फागुनमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ ।