निर्माता बन्दै ऐश्वर्य निर्देशक भट्टराई : हिरोइन आफ्नै श्रीमती

स्टुपिड मन, एश्वर्य, क्याप्टेन जस्ता फिल्म निर्देशन गरेका निर्देशक दिवाकर भट्टराईले निर्माणमा समेत हात हालेका छन् ।  उनले ‘तिमीसँगै हुने मन छ’ फिल्मबाट पहिलो पटक निर्माण होमिने पक्का भएको छ । ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्म दशैँपछि फ्लोरमा जाने छ । विवाह पस्चात निर्माण हुने फिल्ममा उनले आफ्नी नायिका पत्नी दिपिका प्रसाईं हुने यस अघि नै बताएका थिए भने अन्य कलाकारको विषयमा जानकारी प्राप्त भएको छैन ।

फिल्मको स्क्रिप्ट बोकेर पशुपति पुगेको तस्विर भट्टराईले सार्वजनिक गरे पश्चात उनको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको बारेमा जानकारी बाहिरिएको हो ।  मेरो जीवन साथिबाट निर्देशनमा डेब्यु गरेका भट्टराइलाई डेब्यु निर्माताको रुपमा फिल्म ‘तिमीसँगै हुने मन छ’ का लागि सफलताको शुभकामना ।