रविलाई त छुटाई दिनु भएछ नी शिव जी!

सामाजिक संजाल फेसबुकमा गायक शिव परियारले एक स्ट्याटस सेयर गरेका थिए २ दिन अघि । कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि पुर्पक्षको बयानका लागि प्रहरी हिरासतमा राखिएको छ । सोहि बिषयमा गायक परियारले रवि हिजो आइतबार नै छुट्ने भनिदिए ।
उनको भनाइ :
देशमा अवाज बिहिनहरुको अवाज रवि लामिछाने दाई भोलि छुट्ने पक्का !
म लगायत नेपाल देशका सम्पूर्ण शुभेच्छुकहरुको रवी दाई प्रति अझ्झ माया सम्मान र विश्वास बढेको महशुस गर्दै !

कुनै पनि बिषय प्रहरीको अनुसन्धानमा रहेको हुन्छ त्यसको बारेमा बोल्ने र मनगणन्ते निर्णय दिने काम धेरै युटुव च्यानलले गर्दै आएको छन् । सोही बीच चर्चित गायक परियारले नै अदालतको निर्णय नकुरी आफु खुसि छुट्ने खबर बाहिर ल्याएका छन् ।

दोषीले सजाय पाउनु पर्छ र निर्दोषले बाइज्जत रिहा हुन पाउनु पर्छ । तर अनुसन्धानको क्रममा रहेको बिषयमा एक प्रतिष्ठित व्यक्तले बोल्नु कतिको ठिक कतिको बेठिक ? फेरी उनको बोली झुटो पनि त सावित भयो ।

शिवजी अभिव्यक्ति दिदा बिचार पो गर्ने की ? खुसि छर्न अलि हतार पो भयो की ?