‘भगौडा’ आर्यन

आर्यन सिग्देल अभिनित फिल्म ‘हजार जुनी सम्म’ सफल हुन सकेन । उनले प्रमोसनमा दिल ज्यान लगाएर निर्माण टिमलाई सहयोग गरे । तर के गर्नु फिल्म दर्शकले मन नै पराएनन् ।

प्रमोसन कै क्रममा एक अन्तरवार्तामा उनले आफुले नराम्रो फिल्ममा काम गरेमा उक्त विषयमा मुख नै नखोल्ने र  प्रमोसन मै नजाने बताए ।

प्रिमियर नगरेको फिल्मको बिशेष शो गरिएयो । बिशेष शोमा फिल्मको मुख्य भूमिका भएको कारण पनि होला आर्यन आएका थिए । तर संचारकर्म संग बोल्न र फिल्म नचल्नुको कारण बताउन पर्ने प्रेसरले होला उनी कार्यक्रम स्थलबाट हड्बडीमा बाहिरिए ।

जरुरी छैन आफ्नो सबै काम सफल हुन्छ । तर किन सफलतामा रमाउने कलाकार असफलताको जिम्मेवारी आफु माथि लिन डराउछन् । गल्ति भएको छ, स्वीकार्छु मात्रै भनिदिए पनि दर्शकमा कलाकार प्रतिको इज्जत बढ्ने थियो की ?