अदालतको निर्णय अगावै दीपाको फैसला
कलाकार पनि कहिले कही गज्जब नै गर्छन् । शालिकराम मृत्यु प्रकरणमा मुछिएका रवी लामिछानेलाई भेट्न दिपक राज गिरी दिपा श्री निरौला लगायत चितवन पुगे । उनीहरुलाई प्रहरीले सहजै रवीलाई भेट्न दिएन । प्रहरी प्रसासनको आफ्नै छुट्टै नियम हुन्छ । एक नागरीक भएको हैसियतले सबैले यस किसिमको नियम मान्न जरुरी पनि छ ।
रवीलाई भेटेर फर्किएपछी दिपाले संचारकर्मीसंग बोल्दै रबिको खाचो सबैलाइ भएको र उनी नेता बन्ने क्रममा रहेको बताइन् । आज बिहानबाट रवीलाइ जिल्ला अदालत चितवनमा राखिएको छ । अदालतको निर्णय आउन बाकि नै छ ।
अदालतको निर्णय पश्चात नै रवी छुट्छन् या म्याद थप गरेर अनुसन्धान अगाडी बढ्ने छ थाहा हुन्छ । तर दिपाले आज रविबार हो र रवीको जित हुन्छ, उनमा ग्लानी छैन भन्न थालिन् । र सत्य तथ्य नै यहि हो भनिन् ।
ग्लानि हुनु र नहुनुले अपराध गरेको नगरेको छुटीदैन होला । फेरी कानुनमा पारिस्थितिक प्रमाणले पनि जो कोही अपराधी बन्न सक्छ ।
रवि गलत छैनन् भने इज्जत सहित बाहिर निस्किन पाउनु पर्छ । तर केहि समयमात्रै कुरेर बोल्दा कलाकार प्रतिको दर्शकको इज्जत कायम रहन्थ्यो कि ?
प्रतिक्रिया