मान्छेले आफ्नो जिन्दगी ‘जोक’ सोच्दैन दिपक जी !

फिल्मकर्मी दिपकराक गिरी अन्य केहि कलाकारको साथमा संचारकर्मी रवी लामिछानेको समर्थनका लागि चितवन पुगेका छन्  ।  रविलाई भेटेर आए पश्चात उनले संचारकर्मीसंग कुरा गर्दै आत्महत्या दुरुत्साहनको कानुन नै खराब भएको हुनाले परिवर्तनको माग गरेका छन्  ।  उनी आफै पनि आत्महत्याको केसमा केहि समय अघि मुछिएका थिए  ।

उनले मर्दै गर्दा कसैलाई दोष लगाउने नै हो भने आधा संख्या जेलमा हुने जेलमा मान्छे राख्ने ठाउँ नहुने बताए  । उनको यो अभिव्यक्तिले मृत्यु र मृतकको मजाक उडाएको छ  ।

सामान्य रुपमा सोच्दा मान्छेले जिन्दगि यसै खेर फाल्दैन  ।  धेरै चोट नपरी पक्कै मर्न मन कसैलाई हुदैन  ।  तर दिपकले त कसैलाई फसाउन कै लागि मान्छे मर्छ भने झैँ अभिव्यक्ति दिए  । ल ठिक छ यो पनि हो होला  ।  तर आखिर बदला नै लिनु थियो भने रिस उठेको मान्छेलाई मारेर आफु मर्न पनि त सक्थ्यो । यसै मर्नु छ उसै मर्नु छ तर आत्महत्या दुरुत्साहन भनेको त्यो बिषय हो जसले मृतकलाई मर्नको लागि कारण र उत्प्रेरणा दिन्छ  । यसरी जो कोहिले पनि मर्नको लागि उक्साउछ भने उसले सजाय पाउनु जरुरि नै हुन्छ  ।  यो नियम नेपालमा मात्रै छैन विश्वका अन्य धेरै मुलुकमा यस किसिमको व्यवस्था छ  ।

तसर्थ दिपकले गलत नियम भन्नु भन्दा अगाडी गहिराइमा बुझ्न जरुरि छ  ।  साथै हाकिमसंग रिस उठ्दा फसाएर मर्ने, आपसी दुस्मनी मोल्न मर्ने भन्ने त पक्कै हुदैन  ।  किन कि सबैलाई थाहा छ जीवन अमुल्य नै छ  ।  जिन्दगी कसैले ‘जोक’ सोचेको हुदैन दिपक जी !